आइतबार १७ फागुन, २०८२

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद बैठक सुरु

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद बैठक सुरु भएको छ । भर्खरै बैठक सुरु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रवक्ता अर्यालका अनुसार समसामयिक राजनीतिक तथा पछिल्लो इरान तनावका विषयमा छलफल गर्न बैठक बसेको हो ।

अर्यालका अनुसार पछिल्लो समय विकसित घटनाक्रम, सरकारका प्राथमिकता प्राप्त कार्यक्रमहरू तथा केही नीतिगत निर्णयबारे परामर्श आवश्यक देखिएकाले आकस्मिक बैठक बसेको हो ।

बैठकमा मुलुकको वर्तमान परिस्थिति, प्रशासनिक समन्वय, सुरक्षा अवस्था तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल हुने जनाइएको छ ।