मंगलबार १९ फागुन, २०८२

सात महिनामा ८ करोडको रङ आयात

सात महिनामा ८ करोडको रङ आयात

काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ८ करोड रुपैयाँ बराबरको रङ आयात भएको छ । विषेशगरी फागू पूर्णिमा –होली)को दिन खपत हुने रङ ८ करोड ९६ लाख ३८ हजार रुपैयाँ बराबरको एक लाख ७९ हजार केजी रङ आयात भएको हो ।

होलीलाई रङहरुको पर्वको रुपमा लिइन्छ । होलीमा खेलिने रंग, बेलुन, पीचकारी र टिसट लगायतका सामग्री आयात गर्दा पछिल्ला वर्ष नेपालबाट करोडौँ रुपैयाँ बाहिरिएको छ ।

पछिल्लो ७ महिनामा नेपालमा ८ करोड बढीको रङ आयात भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउन–माघ) मा नेपालमा ८ करोड ९६ लाख ३८ हजार रुपैयाँ बराबरको एक लाख ७९ हजार केजी रङ आयात भएको हो । उक्त परिमाणको रङ आयातगर्दा आयातकर्ताले २ करोड १ लाख २३ हजार रुपैयाँ राजस्व बुझाएको छ ।

नेपालमा आयात गरिएका रङहरु सबैभन्दा धेरै होली र त्यसबाहेक दशैँ, तिहार लगायतका चाडपर्वमा खपत हुने गरेको विभागले जनाएको छ । यसरी नेपाल आयात गरिएका अधिकांश रङ चीन र भारतबाट आएको देखिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । विभागको तथ्यांकअनुसार अधिकांश रङ भारतबाट धेरै रङ आयातभएको देखिन्छ ।

यस अवधिमा भारतबाट मात्रै ८ करोड ९४ लाख २५ हजार रुपैयाँ बराबरको १ लाख ७८ हजार ६०१ किलो रङ आयात भएको छ । त्यस्तै, चीनबाट सो अवधिमा २ लाख १३ हजार रुपैयाँ बराबरको ९४९ किलो रङ आयात भएको छ ।

व्यापक रूपमा होली मनाउन थालिए पनि यसमा प्रयोग हुने सामान नेपालमा उत्पादन हुँदैन । उत्पादन भएपनि बजारको माग धान्नेगरी उद्योगहरूले आपूर्ति गर्न नसक्ने गरेको विभागको आयात तथ्यांकले देखाउँछ । यसबाहेक, पीचकारी, बेलुन र होलीमा प्रयोग हुने ‘ह्याप्पी होली’ अंकित वा होली विशेष टिर्सट समेत विदेशबाटै भित्रिन्छ ।

होलीको महत्व

होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होलीको दिन मानिसहरूले एक अर्का माथि विभिन्न प्रकारका रङ्गहरू दलेर एक अर्कालाई रङ्गिन बनाउछन् । होलीमा प्रयोग हुने रंगहरुको आफ्नै महत्वहुने गर्दछ ।

सेतो रंग

सेतो रंगलाई सात्विक स्वरूपका रूपमा लिइन्छ । सत्व भनेको शान्ति, निर्मल, पवित्र, आयु, आरोग्यको संकेत हो । चन्द्रमा र शुक्रलाई सत्व स्वरूपको मानिन्छ । यसले अन्य रंगलाई निषेध गर्दछ । अन्य रंगलाई प्रतिस्थापनगर्न यो सक्षम रहन्छ ।

रातो रंग

रातो रंगलाई वैदिक अवस्थाको रजोगुण मानिन्छ । रातो रंग प्रेमको प्रतिकहो । तर शास्त्रमा यो युद्ध र क्रोधको प्रतीकहो । मंगल र सूर्यको राशिगत रंग रातो हुन्छ । स्थान र परम्पराका आधारमा यो निषेधात्मक संकेतका रूपमा लिइन्छ ।

कालो रंग

कालो रंगलाई तमोगुण अर्थात् अज्ञान, अन्धकारका रूपमा मानिन्छ । अज्ञान, अराजक, असफलताको संकेतका रूपमाकालो रङ प्रयोग गरीन्छ । तापक्रम र उज्यालोलाई यस रंगले शोषण गर्दछ । यो रंग भएका ग्रहहरूमा शनि, राहु, केतु पर्दछन् ।

पहेँलो रंग

पहेँलो रंगलाई सात्विक आहार विहार, स्वच्छन्दताका रूपमा लिइन्छ । यो रंग पनि प्रेम भावको प्रतीकका रुपमा रहने गर्छ । बृहस्पति ग्रहको रंग पहेँलो मानिन्छ । धन र मीन राशिमा पहेलो रंगको विशेष प्रभाव पर्दछ । बुध पनि पहेँलो नै मानिन्छ ।

नीलो रंग

नीलो रंगलाई विशालता, गाम्भीर्य, स्निग्धताको प्रतीकका रूपमा लिइन्छ । केतु र राहुले यसमाविशेष प्रभाव पार्दछन् । अकाशको रंग संग मिल्ने भएकाले यसलाई समन्वय र शान्तिको प्रतिविम्बपनि मानिन्छ ।

हरियो रंग

हरियो रंग शान्तिदायक, निर्मल, सहनशील मानिन्छ । प्राकृतिक रंगका रुपमा मानिने हरियो रंग आनन्द दायक हुन्छ । अरुभन्दाशान्त, प्रमाणहीन मानिने यो रङको प्रभाव विशेष बुध ग्रहमा पर्दछ । राशिगत रूपमाकन्या र मिथुन राशिमा हरियो रंगको प्रभाव रहन्छ ।