बिदामा यी क्षेत्रमा खुल्ने छन् बैंकहरू...
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकारले सार्वजनिक बिदा घोषणा गरेपनि बैंकिङ सेवा भने पूर्ण रूपमा ठप्प नहुने भएको छ । निर्वाचनको दिन अत्यावश्यक वित्तीय कारोबारलाई निरन्तरता दिन अधिकांश वाणिज्य बैंकहरूले तोकिएका शाखामार्फत सीमित समयका लागि सेवा उपलब्ध गराउने भएका हुन् ।
फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा भएपनि अर्थतन्त्रका आधारभूत गतिविधि निरन्तर राख्नुपर्ने तर्कसहित राष्ट्र बैंकले बैंकहरूलाई आंशिक रूपमा सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । विशेषगरी सरकारी राजस्व संकलन, उम्मेदवार तथा राजनीतिक दलका निर्वाचन खर्चसम्बन्धी कारोबार र दैनिक नगद आवश्यकतासँग जोडिएका सेवा बन्द हुँदा समस्या आउन सक्ने भएकाले सेवा उपलब्ध गराउन राष्ट्र बैंकले भनेको थियो ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले विभिन्न काउन्टर खुला गर्ने भएका हुन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक बाहेक अन्य बैंकहरूले निर्वाचन बिदाका दिन तोकिएका शाखा खुला राख्ने सूचना सार्वजनिक गरिसकेका छन् । यी तीन बैंकले हालसम्म सेवा दिनेबारे कुनै सार्वजनिक सूचना जारी गरेका छैनन् भने सिद्धार्थ बैंकले होलीडे काउन्टर बन्द गर्ने जनाएको छ ।
यी बैंकहरुले दिने सेवा (सूचीसहित)
नबिल बैंकले निर्वाचन विदामा शाखा सञ्चालन गर्ने सूचना जारी गरेको छ । जस अनुसार यस बैंकले कोशी प्रदेशमा विराटनगर, बिर्तामोड, धरान, इटहरी र दमक कार्यालय सञ्चालनमा ल्याउने भएको छ ।
मधेशमा वीरगन्ज र जनकपुर पिडारीचोक, गण्डकीमा पोखरा, लुम्बिनीमा बुटवल, भैरहवा, नेपालगञ्ज धम्बोजी, सुदूरपश्चिममा धनगढी र कर्णालीमा सुर्खेत कार्यालय सञ्चालनमा ल्याउनेछ ।
नबिलले बागमती प्रदेशमा १० कार्यालय सञ्चालनमा ल्याउने जनाएको छ । यस बैंकले तीनधारा, ललितपुर, न्यूरोड, बिजुलीबजार, कुमारीपाटी, बौद्ध, महाराजगञ्ज, कौशलटार, नारायणगढ र हेटौँडा शाखा कार्यालय सञ्चालन गर्ने भएको छ ।
त्यस्तै, प्रभु बैंकले ‘ब्रान्च ओपनिङ नोटिस अन इलेक्सन होलिडे’ जारी गर्दै देशका १३ शाखा सञ्चालनमा रहने जनाएको छ । बबरमहलस्थित मुख्य कार्यालय, जनकपुर, पोखरा ९रत्नचोक०, इटहरी, कमलादी, विराटनगर, वीरगन्ज, ललितपुर, भक्तपुर, भैरहवा, नेपालगञ्ज, धनगढी तथा थानकोट शाखाबाट सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि निर्वाचन बिदाका दिन विभिन्न प्रदेशका शाखा कार्यालय खुला रहने जनाएको छ । कोशी प्रदेशको विराटनगर, मधेशको वीरगन्ज र जनकपुर, बागमती प्रदेशको दरबारमार्ग, सिपाडोल, पुल्चोक र ठमेल, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल तथा नेपालगञ्ज, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढी शाखाबाट सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।
कृषि विकास बैंकले बिदाको दिन बिहान १०ः०० बजेदेखि दिउँसो १ः३० बजेसम्म विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरू खुला राख्ने जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशको कञ्चनबारी र धरान, मधेशको बर्दिबास र सिमरा, बागमतीको जोरपाटी, लगनखेल, रत्नपार्क, लगनखेल र उपत्यका बाहिर नारायणगढ तथा कान्तीराजपथ ९हेटौँडा० सञ्चालन गर्नेछ । यसबाहेक बैंकले पोखरा, पालुङटार र हुवास, भैरहवा, खस्यौली, धम्बोझी, कोहलपुर, सुर्खेत, धनगढी र दोधाराचाँदनी शाखाहरूबाट सेवा दिनेछ ।
नेपाल एसबीआई बैंकले पनि बिदाको दिनमा ग्राहकलाई सेवा दिने तालिका सार्वजनिक गरेको छ । बैंकको विराटनगर, बिर्तामोड, जनकपुर, विरगञ्ज, दरबारमार्ग, टेकु, सिर्जना चोक, पोखरा, बुटवल, भैरहवा, सुर्खेत र धनगढी लगायतका मुख्य शाखाहरू खुला रहनेछन् ।
एनआईसी एशिया बैंकले काठमाडौंको न्यूरोड खिचापोखरी, थानकोट, नारायणगढ, कमलादी, पुल्चोक, भक्तपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी कार्यालयबाट सेवा दिने जनाएको छ ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूको सुविधाका लागि देशका विभिन्न स्थानमा शाखा कार्यालयहरू सञ्चालनमा ल्याउने जनाएको छ । बैंकले एक सूचना जारी गर्दै बुधवार सातै प्रदेशका तोकिएका शाखाहरू खुला रहने जानकारी दिएको हो ।
कोशी प्रदेशमा हनुमानदास रोड, गाईघाट, धुलाबारी, तीनपैनी, इटहरी, धरान, इनरुवा र ट्राफिक चोक (विराटनगर) र मधेश प्रदेशमा वीरगन्ज, लहान, जनकपुर, गोलबजार, मिर्चैया र लालबन्दी कार्यालय सञ्चालन हुनेछन् ।
बैंकले बागमती प्रदेशमा कान्तिपथ, न्युरोड, कुलेश्वर, धापासी, ठमेल, नारायणगढ, मध्य–बानेश्वर, कमलादी, हेटौँडा, चाबहिल चोक, पानीपोखरी, त्रिपुरेश्वर, गोंगबु, कोटेश्वर, कलंकी, अनामनगर, टाँडी, सूर्यविनायक, जावलाखेल, बनेपा, थानकोट, सुकेधारा, चारखाल ९डिल्लीबजार०, पनौती, शंखमुल र इमाखेल (थानकोट) कार्यालय सञ्चालन गर्ने जनाएको छ ।
यसबाहेक बैंकले बागलुङ, र पोखरा बुटवल, नेपालगन्ज, भैरहवा, घोराही, सुर्खेत, टिकापुर, अत्तरिया, क्याम्पस चोक (धनगढी) र महेन्द्रनगर कार्यालय सञ्चालन गर्ने बैंकले जनाएको छ ।
