बुधबार २० फागुन, २०८२

नेकपा उम्मेदवार चौधरीविरुद्ध मुद्दा चलाउने तयारी, गाडीमा भेटिएको बम सेनाद्वारा डिस्पोज

नेकपा उम्मेदवार चौधरीविरुद्ध मुद्दा चलाउने तयारी, गाडीमा भेटिएको बम सेनाद्वारा डिस्पोज

जनकपुरधाम । पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरीविरुद्ध हातहतियार मुद्दा चल्ने भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नियमित सुरक्षा जाँचका क्रममा गए राति बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो ।

चेकजाँचका क्रममा बा१०च १२५० नम्बरको रातो कारबाट चार पोका शंकास्पद वस्तु फेला परेपछि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उम्मेदवार चौधरी, सत्यनारायण दास, सुरज कार्की र गाडी चालकलाई हिरासतमा राखेको थियो। फेला परेको बम नेपाली सेनाले डिस्पोज गरिसकेको छ।

प्रहरीले चारै जनाविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउने बताएको छ र कार्यालय खुलेपछि जिल्ला अदालतमा म्याद थप गरिनेछ। उम्मेदवार चौधरी तत्कालीन नेकपा एसका केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगर कमिटी अध्यक्ष थिए।