बुधबार २० फागुन, २०८२

एकदिवसीय विश्वकप क्रिकेट लिग–२ का खेलहरू स्थगित

एकदिवसीय विश्वकप क्रिकेट लिग–२ का खेलहरू स्थगित

काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै यही चैत १० गतेदेखि काठमाडौँमा सुरु हुने तय भएका एकदिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गतका खेलहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

यसअन्तर्गत ओमान राष्ट्रिय क्रिकेट टोली, संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोली र नेपाल राष्ट्रिय क्रिकेट टोली सहभागी हुने खेलहरू प्रभावित भएका छन्।

पुनःनिर्धारित मिति सम्बन्धित पक्षहरूसँग थप परामर्शपछि आगामी दिनहरूमा सार्वजनिक गरिने क्यानले जनाएको छ।