लेबनान नजिक शंकास्पद वस्तु देखिएपछि साइप्रसको लार्नाका विमानस्थल बन्द
काठमाडौं । साइप्रस सरकारले आज बुधबार बिहान लेबनानको आकाश नजिकै एउटा ‘शंकास्पद वस्तु’ फेला परेको जानकारी दिएको छ ।
सरकारी प्रवक्ताका अनुसार उक्त वस्तुको प्रकृति र सम्भावित खतराको अनुसन्धान गर्नका लागि पूर्वसावधानी स्वरूप सबै आवश्यक सुरक्षा उपायहरू अपनाइएको छ ।
यसैबीच, समाचार एजेन्सी रोयटर्सले साइप्रस सरकारलाई उद्धृत गर्दै सुरक्षा सतर्कताका कारण लार्नाका अन्तर्राष्ट्रिय विमानस्थलको हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।
इरान र इजरायल–अमेरिकाबीच जारी युद्धका कारण यस क्षेत्रमा पहिलेदेखि नै तनाव उच्च रहेको बेला यो घटना भएको हो ।
विमानस्थल बन्द भएपछि दर्जनौँ उडानहरू रद्द भएका छन् भने ग्रिसको एथेन्सबाट आएको एउटा यात्रुवाहक विमानलाई बीच बाटोबाटै फिर्ता पठाइएको छ ।
साइप्रसमा रहेका बेलायती सैन्य आधार शिविरहरूलाई लक्षित गरी केही दिनअघि मात्रै ड्रोन आक्रमण भएको सन्दर्भमा यो नयाँ शंकास्पद वस्तुले सुरक्षा चुनौती थप बढाएको छ।
