Category: मुख्य समाचार

  • मुख्य समाचार
    बुटवल, २९ कात्तिक । बुटवलको सुप्रिम सहकारीको बचत हिनामिना आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भैरहवामा जारी बयान आज सकिँदै छ । मंगलबार पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजो (बुधवार) देखि लिखित बयान लिन थालेको हो ।  …
  • बजार
    काठमाडौं, २९ कात्तिक । बिहीबार सेयर बजारको परिसूचक नेप्से १३.९५ अंक बढेको छ । उक्त अंकको वृद्धिसँगै नेप्से २७४८ अंकमा कायम भएको छ । यस दिन १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन ७ अर्ब ९१ करोडको कारोबार भएको थियो । १५९ कम्पनीको मूल्य बढ्दा ७९ को घट्यो भने ६ को स्थिर रह्यो ।यस दिन हाइ…
  • मुख्य समाचार
    बाकु (अजरबैजान), २९ कात्तिक । अजरबैजानको बाकुमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) को आज चौथो दिन जारी छ । भव्य समारोहका बीच सम्मेलन उद्घाटन भएसँगै यही कात्तिक २७ र २८ गतेको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरुले…
  • राजनिती
    गोदावरी (कैलाली), २९ कात्तिक । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारीका लागि जिल्ला समन्वय समितिका प्रमुखको उम्मेदवारका लागि भुलको नाम सर्वसम्मतले सिफारिस गरेको हो ।  प्रमुख प…
  • मुख्य समाचार
    काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम आगामी मंसिरभित्र सुरु नभएमा ठेक्का तोड्ने चेतावनी दिएका छन् । रुपन्देही, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका जनप्रतिनिधिहरुसहित आज भएको छलफलमा प्रधानमन्त्री ओलीले उक्त चेतावनी दिएका हुन् । उनले सडक विस्तारमा भइरहेको …
  • मुख्य समाचार
    बुटवल, २९ कात्तिक । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज (बिहीबार) तेस्रो दिन पनि बयान सुरू भएको छ । पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि लिखित बयान लिन सुरू गरिएको हो । …
  • समाचार
    काठमाडौँ, २९ कात्तिक । नेपाली कांग्रेसले नेपाली कांग्रेसकी नेतृ एवम् गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ती जारी गरी गण्डकी प्रदेशसभाका सदस्य एवम् नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य ६३ वर्षीया विमला गौचनको…
  • मुख्य समाचार
    बागमती, २९ कात्तिक । हालैको बाढीपहिरोले  मकवानपुरमा एक अर्बभन्दा बढी ६९ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।  जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा एक अर्ब ६९ लाख ३५ हजार सात सय ३५ बराबरको धनमालको क्षति भएको छ । जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको …
  • मुख्य समाचार
    काठमाडौँ, २९ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्तालाई आगामी मङ्सिर १२ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो । मन्त्रिपरि…
  • समाचार
    चितवन, २९ कात्तिक । जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु यहाँ आएका हुन् । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजा…
  • मुख्य समाचार
    काठमाडौं, २९ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिवद्धता जनाएका छन् । विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसंग महासंघले आयोजना गरेको अन्तरक्रियामा महासंघले विद…
  • मुख्य समाचार
    काठमाडौँ, २९ कात्तिक । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६० हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपौयाले घटेको छ । बुधबार प्रतितो…
  • मुख्य समाचार
    काठमाडौंँ, २९ कात्तिक । किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ ।  क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म देशव्यापी खोप अभियान सञ्चालन गरिने छ । अभियानअन्तर्गत ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९००किशोरीलाई निःशुल्क खोप लगाइने स्वास्थ्य तथा…
  • मुख्य समाचार
    जुम्ला, २९ कात्तिक । सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्यचौकीमा सञ्चालन भएको एकदिने कानसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ५९ जना लाभान्वित भएका छन् । गाउँपालिकाको आयोजना तथा नेपालगञ्जस्थित विएन अस्पतालको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा एक सय ३६ पुरुष र एक सय २३ जना महिलाले सेवा लिएका सिंजा गाउँपालि…
  • मुख्य समाचार
    त्रिशूली (नुवाकोट), २९ कात्तिक ।  विसंं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो । विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारी साधन पनि सञ्चालन गर्न मिल्ने उक्त पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको आ…
  • मुख्य समाचार
    तनहुँ, २९ कात्तिक । शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट छ लाख ४३ हजार एक सय ९० रुपैँयासहित  १३ जना पक्राउ परेका छन् ।  स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरुलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो । खालबाट …
  • राजनिती
    म्याग्दी, २९ कात्तिक । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ ।  काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले बताए । उनी नेपाली कांग्रेसबाट  समानुपातिक निर्वाच…
  • मुख्य समाचार
    ढोरपाटन (बागलुङ), २९ कात्तिक । ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ । नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो ।  वि.सं.२०७५ सालमा छ रोपनी जग्गा खरिद गरेर निर्माण सुरु भएको बसपार्कको पर्खाल सँ…
  • मुख्य समाचार
    झापा, २९ कात्तिक । प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो । आफ्नो परिच खुल्ने कुनै कागतपत्र  नभएका उनीहरुका साथबाट एक हजार पाँच सय टा…
  • मुख्य समाचार
    काठमाडौँ, २९ कात्तिक । हाल देशभर पश्चिमी  र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । साथै तराईका केही भागमा हल्का हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती,…
  • बजार
    काठमाडौँ, २९ कात्तिक । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर) को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठ वटा कम्पनी थपिएका हुन् । धितोपत्रको खरिद तथा बिक्री गर्न गत असोज मसान्तसम्ममा ९० वटा सदस्य दलाल कम्पनीले अनुमति पाएक…