सहकारी ठगी प्रकरणः गोरखा मिडिया नेटवर्कका तत्कालीन संञ्चालक छविलाल जोशी पक्राउ

सहकारी ठगी प्रकरणः गोरखा मिडिया नेटवर्कका तत्कालीन संञ्चालक छविलाल जोशी पक्राउ

काठमाडौं, असोज ६

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक तथा गोरखा मिडिया नेटवर्कका तत्कालीन संञ्चालक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

जोशीलाई आज काठमाडौँबाट पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुुमार थापाले बताउनुभयो । सूर्यदर्शन सहकारी लगायतका विषयमा सोधपुछ गर्न जोशीलाई पक्राउ गरिएको हो । 
निजलाई सोमबार अदालतमा पेस गरिनेछ । - रासस