एलजीले बाढीबाट क्षतिग्रस्त इलेक्ट्रोनिक्सको निःशुल्क एक्सचेन्ज र मर्मत सेवा प्रदान गर्दै

एलजीले बाढीबाट क्षतिग्रस्त इलेक्ट्रोनिक्सको निःशुल्क एक्सचेन्ज र मर्मत सेवा प्रदान गर्दै


काठमाडौं, असोज २३ 

सीजी इलेक्ट्रोनिक्स अन्तर्गत एलजी नेपालले हालैका बाढी र पहिरोबाट क्षति पुगेका इलेक्ट्रोनिक्सको निःशुल्क एक्सचेन्ज र मर्मत सेवा प्रदान गरिरहेको छ । यो सेवा प्रदान गर्न, कम्पनीले ’एलजीको सहायता सेवा’ नामक मर्मत सहायता कार्यक्रम सुरु गरेको छ, जसअन्तर्गत बाढी र पहिरोबाट प्रभावित भएका वारेन्टीभित्रका उत्पादनहरूको निःशुल्क मर्मत गरिनेछ ।

कम्पनीका अनुसार यो योजना एलजीका सबै उत्पादनहरूमा लागू हुनेछ । यस अभियानअन्तर्गत ग्राहकहरूले १००% निःशुल्क सेवा र स्पेयर पार्ट्स पाउनुका साथै आफ्नो क्षतिग्रस्त उपकरणहरू साट्नको लागि उत्कृष्ट मूल्य प्राप्त गर्ने सुविधा पाउनेछन् । यो योजना कात्तिक ९ सम्म मान्य हुनेछ, र ग्राहकले यस अवधिभित्र आफ्नो समस्या दर्ता गराउनु पर्नेछ । दर्ता र थप जानकारीका लागि ग्राहकहरूले १६६०–०१–००२११ वा ०१–५९७०२११ हेल्पलाइनमा सम्पर्क गर्न सक्नेछन् ।