नेपालले कतारलाई ‘जोडी हात्ती’ उपहार स्वरुप दिने

काठमाडौं, ४ कात्तिक । कतारलाई नेपालले एक जोडी हात्ती उपहार स्वरुप दिने भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कतार सरकारलाई नेपाल सरकारको तर्फबाट उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो ।
कतारलाई चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती उपलब्ध गराइने भएको छ ।
बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृतिक संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ ।