सेयर बजार लगातार ओरालोतिर, आज २६२७ अंकमा झर्‍यो नेप्से

सेयर बजार लगातार ओरालोतिर, आज २६२७ अंकमा झर्‍यो नेप्से

काठमाडौं, ८ कात्तिक । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार लगातार ओरालो लागेको छ ।  

सेयर बजार परिसूचक नेप्से १८.२५ अंक घटेर २६२७ मा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । 

अघिल्लो दिन ६ अर्ब २७ करोड पुगेको कारोबार आज भने ५ अर्ब ४१ करोडमा सीमित हुन पुग्यो । यस दिन ६७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ ओटाको स्थिर नै रह्यो ।