कपिलवस्तुमा जिपले अटो रिक्सालाई ठक्कर दिंदा २ जनाको मृत्यु
बुटवल, ८ कार्तिक। कपिलवस्तुमा जिप अटो रिक्सासँग एकआपसमा ठोक्किदाँ दुई जनाको ज्यान गएको छ ।
उक्त दुर्घटनामा अटो रिक्सामा सवार बुद्धभूमि नगरपालिका–१०, जनकपुरका ७२ वर्षीया सरस्वती पासी र ७५ वर्षका सावर केवटको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा प्र ०१–०२९ च ९१५० नम्बरको जिपले विपरीत दिशाबाट आइरहेको लु १ ह ३०९२ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा परी घाइते पासीलाई उपचारका लागि तौलिहवा लैजाने क्रममा र अर्का घाइते केवटलाई उपचारका लागि बुटवल लैजाँदै गर्दा मृत्यु भएको भएको प्रहरीको भनाई छ ।
सो घटनाका सम्बन्ध थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।