बुधबार २४ मंसिर, २०८२

कञ्चनपुरमा दम्पती मृत भेटिए, हत्या भएको शंका

कञ्चनपुरमा दम्पती मृत भेटिए, हत्या भएको शंका

कञ्चनपुर, ९ कात्तिक। कञ्चनपुरमा श्रीमान–श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला आज (शुक्रबार) बिहान मृतअवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जना शुक्रबार बिहान आफ्नै घरको आँगनमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए ।

शरीरमा धारिलो हतियार प्रहार गरिएको देखिएकाले हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि घटनास्थल पुगेको छ ।