सत्ता साझेदार दलको बैठक बालुवाटारमा

सत्ता साझेदार दलको बैठक बालुवाटारमा

काठमाडौं, ९ कात्तिक । सत्ता गठबन्धन दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

यसअघि बुधबार पनि सत्ता साझेदार दलको बैठक बसेको थियो ।