सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडौं, ११ कात्तिक । आइतबार सुनको मूल्य प्रतितोलामा १४ सय रुपैयाँ बढेको छ ।
अघिल्लो दिन तोलाको १ लाख ६६ हजार रुपैयाँ रहेको सुन आज भने १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २०७० रुपैयाँ रहेको चाँदी यस दिन २०८५ रुपैयाँ पुगेको छ ।
यसअघि चाँदीको भाउले कात्तिक ७ गते २१३५ रुपैयाँको उच्चतम रेकर्ड कायम गरेको थियो ।