विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ, ११ कात्तिक ।  राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ ।

आज बिहान साढे ११ बजे बस्नेछ । बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताको सन्दर्भमा आवश्यक तयारीबारेमा छलफल हुने जनाइएको छ ।

यसकासाथै बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने  संघीय संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।