दोलखा केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प
काठमाडौं, ११ कात्तिक। दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास हुन सक्ने अनुमान गरिएको छ ।
भूकम्पले पुर्याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।