किन बढ्यो काठमाडौँमा वायु प्रदूषण ?
काठमाडौं, ११ कात्तिक । काठमाडौंको वायु प्रदूषण तीव्र गतिमा बढ्न थालेको देखिएको छ ।
आज आईतवार बिहान साढे १० बजेसम्म सबैभन्दा खराब वायु काठमाडौंको शंखपार्क क्षेत्रमा रहेको वातावरण विभागले जनाएको छ ।
उक्त क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ११३ रहेको वातावरण विभागको एयर क्वालिटी मनिटरिङ सिस्टममा उल्लेख गरिएको छ । शंखपार्क क्षेत्रको वायुको गुणवत्ता खराब रहेको भनि सुन्तला रंगले संकेत गरिएको छ ।
यस्तै, वातावरण विभागका अनुसार रत्नपार्क, भक्तपुर र दाङ देउखुरी क्षेत्रमा समेत प्रदूषित वायु रहेको छ ।
काठमाडौं उपत्यका आपसाप अग्ला पहाडले कचौरा आकारमा धुलोका कण जम्मा भएर बस्न अनुकुल हुने र साथै अहिले पोष्ट मनसुन अवधिमा काठमाडौंमा पानी समेत नपरेकाले वायु प्रदूषण बढेको हो ।