अवतरण अनुमति सकिएको थाई एयर एसियाको विमान आकाशमै ‘होल्ड’

अवतरण अनुमति सकिएको थाई एयर एसियाको विमान आकाशमै ‘होल्ड’

काठमाडौं, ११ कात्तिक  । अवतरण अनुमति म्याद सकिएको (एक्स्पायर) भएको विमान लिएर आएपछि थाई एयर एसियाको विमान आकाशमै ‘होल्ड’ भएको छ ।

सो विमान २ बजे अवतरण गर्नुपर्ने तालिका रहेको थियो ।  यद्यपी, अनुमति नदिइएपछि विमान ‘गुराँस प्वाइन्ट’ मा होल्ड गराइएको छ ।

थाई एयर एसियाको विमान थाइल्यान्डको बैंककबाट काठमाडौं आएको हो । यात्रुसहित विमान होल्डमा बसिरहेको छ ।

थाई एयर एसियाले ल्याएको जहाजको अवतरण अनुमति शनिबारसम्मको मात्र रहेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।