चीन भ्रमणको तयारीमा प्रधानमन्त्री ओली
काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको तयारी थालिएको छ ।
उनको सचिवालयका अनुसार कात्तिक अन्तिम साता या मंसिर पहिलो साता बेइजिङ भ्रमण गर्ने गरी तयारी थालिएको हो ।
परराष्ट्र मन्त्रालय र विकास योजनासँग सम्बन्धित मन्त्री तथा सचिव डाकेर चीनसँगका सम्झौताको प्रगतिबारे फलोअप गर्न निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो ।
नेपालमा नयाँ प्रधानमन्त्री बनेसँगै पहिले दक्षिणी छिमेकी भारतको भ्रमण गर्नेप्रचलनजस्तै भएतापनि चौथोपल्ट प्रधानमन्त्री भएका ओली राष्ट्रसंघ महासभामा सहभागिताका क्रममा अमेरिका पुगेका थिए ।
त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेको भए पनि उनीहरुबीच सम्बन्ध सुमधुर हुन नसकेको बताइन्छ ।
यसै क्रममा ओलीले चीन भ्रमणमा जान लागेका हुन्, जसमा चीनसँगको आर्थिक विकास फ्रेमवर्क बीआरआई, ऊर्जा तथा व्यापार लगायत विषयमा छलफल हुन सक्ने बालुवाटार स्रोतले जानकारी दियो ।
‘भारतसँग पनि भ्रमण हुँदै जाला, अहिले चीनको भ्रमण हुन लागेको हो’, स्रोतले भन्यो ।