एएफसी यू–१७ एसिया कप छनोटमा नेपाल मंगोलियासँग पनि नेपाल पराजित
काठमाडौं, १२ कात्तिक । एएफसी यु–१७ एसियन कप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा मंगोलियासँग पराजित भएपछि नेपाल जित हाँसिल गर्न चुकेको छ ।
यसअघि नै छनोटको समूह चरणबाटै बाहिरिसकेको नेपाल समूह एफको अन्तिम खेलमा मंगोलियासँग १–० गोलअन्तरले परास्त भयो ।
चार टोली सहभागी समूहमा तीन खेल पराजित हुँदै नेपाल अंकविहीन रह्यो ।तीन खेलमा प्रतिस्पर्धा गर्दा नेपालले सबै तीन खेलमा पराजय व्यहोर्न पुग्यो । जसमा १५ गोल खाँदा २ गोल गर्न फर्काउन सफल भयो ।
यु–१७ एसियन कप छनोट प्रतियोगिता एएफसीका ४४ सदस्य राष्ट्रका युवा टोलीले भाग लिएका छन् । सहभागी ४४ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो ।
यस छनोट चरणका खेलपछि प्रत्येक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु–१७ एसियन कपका लागि छनोट हुनेछ ।
यसैगरी उपविजेता १० टोलीमध्ये उत्कृष्ट ५ उपविजेता टिमले पनि यु–१७ एसियन कपका स्थान बनाउनेछन् । आयोजकको हैसियतमा साउदी अरेबिया स्वतः छनोटमा परिसकेको छ ।