२२१ किलो गाँजासहित एक जना पक्राउ

२२१ किलो गाँजासहित एक जना पक्राउ

जनकपुरधाम, १२ कात्तिक । धनुषाको जनकपुरधामबाट प्रहरीले २२१ किलो गाँजासहित एक जनालाई गिरफ्तार गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित चेकजाँचको क्रममा बाबा आयलस सेन्टर नजिकबाट ना. ५ ख १७७ नम्बरको मिनी ट्रकमा लुकाएर लैजाँदै गरेको गाँजासहित वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट ट्रकमा फल्स बटन बनाएर राखेको १६ वटा पोकामा रहेको गाँजा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।