बालिका बलात्कारको आरोप लागेका सशस्त्र प्रहरीका जवान हिरासतमै मृत भेटिए

बालिका बलात्कारको आरोप लागेका सशस्त्र प्रहरीका जवान हिरासतमै मृत भेटिए

काठमाडौं,१२ कात्तिक । बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृतअवस्थामा फेला परेका छन् ।

दाङका एसपी रामबहादुर केसीका अनुसार जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको शौचालयमा जवान रेवन पचभैया मगर मृतअवस्थामा भेटिएका हुन् ।

आफैंले लगाएको कपडाको पासा लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा उनी मृत भेटिएका  एसपी केसीले बताए । शौचालयको धारा खोलेर पानी भरेको जस्तो आवान निकालिएकाले समेत बाहिरका व्यक्तिले केही थाहा नपाएको उनको भनाइ छ ।

दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत जवान पचभैया र सहायक हवल्दार भरत रोका मगर पक्राउ परेका थिए ।

गत असोज २४ गते पिङ खेल्न आएकी ८ वर्षीया बालिकालाई बलात्कार गरेको उनीहरुमाथि आरोप छ ।