राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री ओली नजाने, गृहमन्त्री लेखक सहभागी हुने
काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित नहुने भएका छन् ।
आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका बारे छलफल गर्ने कार्यसूची तय गरिएको छ ।
समितिले उक्त विषयमा छलफल गर्न प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो । प्रधानमन्त्री सहभागी नहुने भए पनि गृहमन्त्री लेखक भने बैठकमा सहभागी हुने बताइएको छ ।
सिंहदरबारस्थित कानून, न्याय तथा मान अधिकार समितिको सभाकक्षमा मध्याह्न सवा १२ बजे बैठक बस्दैछ ।