कीर्तिपुर अस्पताल पछाडिको झाडीमा महिला मृत फेला
काठमाडौं, १२ कात्तिक । कीर्तिपुरमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् ।
कीर्तिपुर नगरपालिका–२ स्थित कीर्तिपुर अस्पताल पछाडि पट्टीको झाँडीमा महिलाको शव भेटिएको हो ।
अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन् । हालसम्म उनको कुनै पनि परिचय (नाम, थर, वतन) खुल्न सकेको छैन् ।
उक्त घटनाका सम्बन्धमा प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अगाडी बढाएको जनाएको छ ।