सभापति लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न रास्वपा सांसदको माग

सभापति लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न रास्वपा  सांसदको माग

काठमाडौं, १२ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि हिरासत बाहिर राखेर अनुसन्धान गर्न माग गरेको छ ।

सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रास्वापाकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकलाई यस्तो अनुरोध गरेकी हुन् ।

‘गृहमन्त्रीज्यूलाई विशेष अनुरोध गर्न चाहन्छु, थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ कि भन्ने सोच्नुहुन अनुरोध गर्न चाहन्छु’, उनले भनिन् ।

रवि चुनावमा १२ लाख जनताले पत्याएको र संसदको चौथो पार्टीको सभापति भएको उल्लेख गर्दै लामिछानेप्रति विश्वास हुनेहरूले उनको प्रक्राउको विरोधमा प्रदर्शन गर्नु स्वभाविक हुने उनको भनाइ छ ।

‘कसुर अनुसन्धानकै क्रममा छ । अदालतमा पुगेकै छैन ।’  सांसद कार्कीले अगाडि भनिन् ।