सांसदहरुको अख्तियार प्रमुखलाई प्रश्न– एमालेले लिएको जग्गादान भ्रष्टाचार हो कि होइन ?

सांसदहरुको अख्तियार प्रमुखलाई प्रश्न– एमालेले लिएको जग्गादान भ्रष्टाचार हो कि होइन ?

काठमाडौं, १२ कात्तिक । नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गादान भ्रष्टाचार हो कि होइन ? भन्दै  सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रश्न गरेका छन् ।

आज (सोमबार) प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले प्रधानमन्त्रीको पार्टीलाई विभिन्न फौजदारी मुद्दाका आरोपित व्यवसायीले दिएको जग्गादान भ्रष्टाचार हो कि होइन भनेर सोधेका हुन् ।

राज्य व्यवस्था समितिमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमाथि छलफल चलिरहेको छ । उक्त छलफलमा अख्तियारका प्रमुख आयुक्त राई पनि बोलाइएका छन् ।

छलफलकै क्रममा माओवादी सांसद दुर्गा राईले प्रधानमन्त्रीको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान लिनु भ्रष्टाचार भएको दाबी गरिन् ।

‘आज अख्तियार टिम यहाँ छ । दानदातब्यको कुरा के हो ? भ्रष्टाचार हो कि होइन ? १० रोपनी जग्गा दान लिएकोलाई एमनेस्टीले भ्रष्टाचार भनेको छ’, उनले भनिन् ।

प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यसँगै व्यवसायी गुरुङ दम्पतीले दशैंको अष्टमीको दिन एमाले पार्टी कार्यालय भवन शिलान्यास गरेका थिए ।

‘सत्तारूढ दलले किन लिएको रु भ्रष्टाचार गर्दिन भन्नेले किन लिएको ?’ सांसद राईले थप प्रश्न समेत गरिन् गरिन्  ।

नेपाली काङ्ग्रेसकी सांसद सरिता प्रसाईंले पनि एमालेले पार्टी कार्यालयका लागि लिएको जगाबारे प्रश्न उठाइन् ।

‘प्रधानमन्त्री, मन्त्री, सांसदहरुले ड्यामका ड्याम गिफ्ट लिन थाले मुलुक के हुन्छ ?’, सांसद राईले भनिन् ।  गिफ्ट लिनेलाई मात्रै होइन गिफ्ट दिनेलाई पनि भ्रष्टाचारमा कारबाही हुनुपर्ने माग उनले राखिन् ।