२७.४१ अंकले बढ्यो सेयर बजार, सवा ५ अर्बको कारोबार

२७.४१  अंकले बढ्यो सेयर बजार, सवा ५ अर्बको कारोबार

काठमाडौं, १२ कात्तिक । आज सोमबार सेयर बजार क्षेत्रका सबै सूचकमा राकारात्मक  परिवर्तन  देखिएको  छ ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.४१ अंकले वृद्धि भएको छ । उक्त अंकको वृद्धिपछि नेप्से २६४५ मा कायम हुन पुगेको छ ।

नेप्सेका अलवा सेन्सिटिभ सूचक ०.६८ प्रतिशत बढ्यो । आज सबै सेक्टरका सूचक  बढेका  छन् ।

कारोबार रकम पनि बढोत्तरी भएको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोड भएको कारोबार यस दिन ५ अर्ब ३४ करोडमा पुगेको छ ।