निर्मला कुर्मीलाई न्याय माग गर्दै कांग्रेस पार्टी कार्यालय अगाडि प्रदर्शन

निर्मला कुर्मीलाई न्याय माग गर्दै कांग्रेस पार्टी कार्यालय अगाडि प्रदर्शन

काठमाडौं, १२ कात्तिक । नेपालगञ्जकी निर्मला कुर्मीको न्याय माग्दै अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले सत्तासीन नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालय अगाडि प्रदर्शन जनाएको छ ।

यसअघि खानसहितका महिलाहरुले ८१ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका थिए । यद्यपी, आफ्नो माग सम्बोधन नभएको भन्दै उनले सत्तारुढ दल कांग्रेस केन्द्रीय कार्यालय अगाडि प्रदर्शन सुरु  गरेकी  हुन् ।

निर्मला कुर्मी बेपत्ता प्रकरण सम्बन्धी अनुसन्धानलाई लिएर सरकारले उनीसँग चार पटक वार्ता र सहमति गरिसकेको छ ।

गृह मन्त्रालयले बनाएको छानबिन समितिले कांग्रेसबाट प्रदेशसभामा निर्वाचित सांसद् बादशाह कुर्मीलाई शंकास्पद मान्दै थप अनुसन्धान हुनुपर्ने बताएको छ ।

प्रहरीले सो विषयमा लामो समयदेखि अनुसन्धान गरिरहेको भन्दै आएपनि अदालतमा मुद्दा अझैँ पुगेको छैन् ।