काठमाडौंबाट दिल्ली फर्किन लागेको एयर इन्डियाको विमानमा बम रहेको सूचना, जहाजको जाँच हुँदै
काठमाडौँ, १२ कात्तिक । काठमाडौंबाट भारतको दिल्लीका लागि उड्न लागेको एयर इन्डियाको विमानमा बम राखिएको सूचना आएको छ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, आज (सोमबार) अपराह्न दिल्ली उड्न लागेको विमानमा बम राखिएको सूचना आएको हो ।
यसबारे बुझ्ने काम भइरहेको उनले जानकारी दिए । ‘आज अपराह्न ३स् १२ बजे एयर इन्डिया २१५ विमानअवतरण गरेको थियो। उक्त जहाज अवतरण भइसकेपछि १६९ मध्ये ४० जना यात्रु चढिसकेपछि एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड सेन्टर (ओसिआइआई) बाट बम छ भनेर कल आएको हो,’ उनले भने ।
उनले दिएको जानकारी अनुसार अहिले ४० जना यात्रुलाई उतारिसकेको छ। नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षा–जाँच गरिरहेका छन्। उक्त विमान आज अपराह्न ३स्५० बजे उड्ने तयारी भइरहेको समयमा बम राखिएको सूचना आएको हो ।
यसअघि कात्तिक ६ गते पनि दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको कल आएको थियो। तर, उक्त विमानमा साढे तीन घण्टा सर्च गरेपछि गलत सूचना रहेको प्रमाणित भएको थियो ।
पछिल्लो समय भारतीय विमानमा बमको गलत सूचना फैलिने क्रम बढिरहेको छ, जसका कारण उडान तालिका नै प्रभावित भइरहेको छ।
यस्ता दर्जनौं घटनाहरू भइरहेको भारतीय सञ्चारमाध्यमले समेत उल्लेख गरेका छन् ।