सुनको भाउ निरन्तर उकालोतिर, फेरि १ हजार ५ सयले बढ्यो

सुनको भाउ निरन्तर उकालोतिर, फेरि १ हजार ५ सयले बढ्यो

काठमाडौँ, १३ कात्तिक । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन एक लाख ६८ हजार पाँच सय रुपैँयामा कारोबार भएको छ । सोही परिमाणको पहेँलो धातु सोमबारको तुलनामा आज एक हजार पाँच सय  रुपैँयाले बढेको हो । 

यसैगरी, चाँदीको मूल्य प्रतितोला ४० रुपैँयाले बढेर दुई हजार पाँच कायम भएको महासङ्घले जनाएको छ ।

सोमबार एक तोला चाँदी दुई हजार ६५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन दुई हजार सात सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।