शेयर बजारका सबै सूचक बढे, कारोबार पनि बढ्यो

शेयर बजारका सबै सूचक बढे, कारोबार पनि बढ्यो

काठमाडौं, १३ कात्तिक । मंगलबार पनि सेयर बजारका सबै सूचक उकालो चढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४६.६९ अंक वृद्धि भएको छ । सो अंकको वृद्धि भएसँगै २६९२ मा पुगेको छ ।

आज कारोबार रकम समेत बढेको छ । अघिल्लो दिन ५ अर्ब ३३ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब १२ करोड कायम रह्यो ।

यस दिन बजार खुलेदेखि दिनभर हरियाली रह्यो । बजार बन्द हुँदाको अंक नै दिनभरको उच्चतम अंक हो ।

कूल २२१ कम्पनीको मूल्य बढ्दा १७ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् ।