निर्मला कुर्मी बेपत्ता प्रकरण: न्याय माग्दै प्रदर्शरत समूहसँग गृह मन्त्रालयले गर्यो वार्ता
काठमाडौं, १३ कात्तिक । नेपालगञ्जबाट बेपत्ता निर्मला कर्मीको न्याय मागसहित प्रदर्शन गर्दै आएको समूहसँग गृह मन्त्रालयले छलफल गरेको छ ।
रुबी खानको नेतृत्वमा जारी प्रदर्शनमा सहभागी महिलाहरुलाई बोलाएर मन्त्रालयमा छलफल गरिएको मन्त्रालय स्रोतले बतायो ।
स्रोतका अनुुसार आजको वार्तामा केही विषयमा सहमति जुटिसकेको छ ।
खानको नेतृत्वमा डेढ महिनादेखि नेपालगञ्जका महिलाहरुले कुर्मीको न्याय माग गर्दै आन्दोलन गर्दै आएका थिए । यसअघि नै चार पटक सरकारले खानसँग सहमति समेत गरिसकेको थियो ।
पाँचौं पटक उनी कुर्मी बेपत्ता प्रकरणको अदालतसम्म पुर्‍याइदिन माग गर्दै प्रदर्शन थालेकी थिइन् ।
उक्त समूहले हिजो (सोमबार) सत्तारुढ नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा समेत धर्ना दिएको थियो ।