निर्मला कुर्मी बेपत्ता प्रकरण: सरकारसँग ३ बुँदे सहमति, आन्दोलन स्थगित
काठमाडौं, १३ कात्तिक । नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा रुबी खानसहितको आन्दोलनरत समूहसँग गृह मन्त्रालयले तीन बुँदे सहमति गरेको छ ।
आज गरिएको सहमतिअनुसार, कुर्मी प्रकरणको शीघ्र निरुपणका लागि प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने निर्णय गरिएको छ ।
उक्त समझदारी सँगै खानसहितका महिलाहरुले गरेको आन्दोलन स्थगित गरेका छन् । गृहमन्त्रालयका उपसचिव दिलकुमार तामाङ र रुबी खानले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
हेर्नुहोस् यस्तो छ सहमति: