राप्रपाबाट ध्रुव महर्जन कीर्तिपुर मेयरको उम्मेदवार
१३ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि ध्रुव महर्जनलाई पार्टीका तर्फबाट उम्मेदवार बनाएको छ ।
कीर्तिपुरको मेयरका लागि १६ मंसिरमा उपचुनाव हुनेछ । मंगलबार कीर्तिपुरमा आयोजना भएको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले महर्जनलाई मेयरको उम्मेदवार घोषणा गरेका हुन् ।
यस्तै, वडा नम्बर १ को वडाध्यक्षमा सुरेन्द्र उप्रेती र वडा नम्बर ४ को वडाध्यक्षमा विशेष बस्नेतलाई उम्मेदवार बनाउने निर्णय सो पार्टीले गरेको छ ।