बेल्जियम राजदूतका लागि प्रस्तावित सेवा लम्सालको नाम संसदीय समितिबाट अनुमोदन
काठमाडौं, १४ कात्तिक । संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेको छ । अब उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुला भएको छ
उनीमाथि आज संसदीय सुनुवाइ भएको थियो । लम्सालले समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।
उनले युरोपेली मुलुक र बहुपक्षीय फोरमहरुमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।