सुनको भाउमा फेरि कीर्तिमान, तोलमा १ लाख ७० हजार नाघ्यो
काठमाडौं, १४ कात्तिक । सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैँया नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ ।
अघिल्लो दिनको तुलनामा आज प्रतितोला २२०० रुपैयाँ महँगो हो । अघिल्लो दिन १ लाख ६८ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार दैनिक महासंघले यहाँ मूल्य निर्धारण गर्दै आएको छ । जसअनुसार दैनिक उच्च मूल्य कीर्तिमान कायम गर्दै गइरहेको छ ।
त्यस्तै, चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । घिल्लो दिन २१०५ रुपैयाँ रहेकोमा आज (बुधबारं) चाँदी प्रतितोला २१२० रुपैयाँ पुगेको छ । चाँदीको सो मूल्य पनि हालसम्मकै उच्च हो ।