नेपाल र बंगलादेश फाइनल खेल: काठमाडौं महानगरले तीन ठाउँमा लाइभ देखाउने
काठमाडौं, १४ कात्तिक । काठमाडौं महानगरले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन स्थानमा लाइभ देखाउने भएको छ ।
नेपाल र बंगलादेशबीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी दिएको छ ।
उक्त खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।
सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । उपाधि उचाल्ने दाउमा रहेका नेपाल र बंगलादेश दुवैले उपाधि जित्ने आफ्नो दाबी पेश गरेका छन् ।