धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
![धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक](https://snowberry.prixacdn.net/media/gallery_folder/ramesh%2520lekhak_Ft785uuubi_n3jooodxfpk1akkccrbhclntlexswpssqbvxzmx6ah1yhtzjswsaphrwvfoz_mEf9gPcWJW_hdhah6ddwyooewvg8tia36ubssgstbkcdmte6eeeftnkl3dkma5skkw0vcwn.jpg)
काठमाडौं, १५ कात्तिक । गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् ।
बुधबार पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने उनले दाबी गरे ।
‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उनले भने, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’