२७ सय नाघेर झर्‍यो सेयर बजार, कारोबार रकम पनि घट्यो

२७ सय नाघेर झर्‍यो सेयर बजार, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ कात्तिक । यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजार १४.४३ अंकले गिरावट भएको छ । सो अंकको गिरावटपछि नेप्से २६७७ मा कायम भएको छ ।

कारोबार भइरहँदा दुई पटकसम्म बजारले २७ सय अंक नाघे पनि टिक्न भने सकेन ।

कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २७०५ अंकसम्म पुग्यो, जुन आजका लागि उच्चतम अंक रह्यो । दोस्रो पटक ११:४२ बजे फेरि २७०१ अंक पुगेको बजार त्यसपछि बिक्री चाप आउँदा ओरालो लाग्यो ।

बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब १२ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ९५ करोडको भयो ।