पेट्रोलियम पदार्थको आपूर्ति तिहारमा नरोकिने
काठमाडौ, १४ कात्तिक । तिहारमा पनि पेट्रोलियम पदार्थको आपूर्ति निरन्तर हुने भएको छ ।
नेपाल आयल निगमका अनुसार, सार्वजनिक बिदाका दिनमा समेत पेट्रोलियम पदार्थ सहज रूपमा बिक्री वितरणको व्यवस्था मिलाएको छ ।
कोशी प्रादेशिक कार्यालय विराटनगर र मधेश प्रादेशिक कार्यालय डिपो १६ र १९ कात्तिकमा खुल्ने निगमले जनाएको छ ।
निगमका अनुसार, थानकोट डिपो १६, १७ र १९, पोखरा डिपो १६ र १७, भैरहवा डिपो १६ र १७ कात्तिकमा खुल्ने भएको छ ।