उपनिर्वाचनका लागि कांग्रेसमा महामन्त्री शर्माको नेतृत्वमा केन्द्रीय संयोजन समिति
काठमाडौं, १४ कात्तिक । नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय संयोजन समिति बनाएको छ ।
बुधबार सभापति शेरबहादुर देउवाले पार्टी विधान बमाेजिम ९ सदस्यीय संयोजन समिति गठन गरेका हुन् ।
सो समितिमा सह-महामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत सदस्य छन् ।
त्यस्तै, केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य पनि सदस्य छन् भने प्रकाश शर्मा सदस्य सचिव छन् ।
१६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि कांग्रेसले केन्द्रीय संयोजन समिति गठन गरेको हो ।