सरकारी अस्पतालमा विद्युत महसुल छुट गराउन मन्त्री पौडेलको सक्रियता
![सरकारी अस्पतालमा विद्युत महसुल छुट गराउन मन्त्री पौडेलको सक्रियता](https://snowberry.prixacdn.net/media/gallery_folder/Pradip-poudel_uHQo78rAkD_rmuucyfhbwroyasblntgbsyrqvnqw4xdrliala8p0soeyq3xsn2bvuvozh04_HydgTKyyoN_qkzhcvmjaupx0y7ez9syrwxd5pr0v80kxgxzk5s2ogeclbruwadfu3fjm5fl.jpg)
काठमाडौं, १४ कात्तिक। सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुटको व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल सक्रियता साथ लागेका छन् ।
बुधबार मन्त्री पौडेलले २० प्रतिशत छुटका लागि मन्त्रीस्तरीय निर्णय गरेका छन् ।
नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली, २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत महसुल छुटको व्यवस्था लागू गराउन मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरे ।
सरकारी अस्पतालहरुमा ठूलो रकम बचत हुने र त्यसलाई स्वास्थ्य सुविधा व्यवस्थापनमा खर्च गर्नसमेत सो निर्णय लिएको मन्त्री पौडेलले बताएका छन् ।