नेपाल फेरि पनि उपविजेतामै सीमित, फाइनलमा बंगलादेशसँग २-१ ले पराजित
काठमाडौं, १४ कात्तिक । साफ वुमन्स च्याम्पियनसिप-२०२४ को उपाधि बंगलादेशले जितेको छ ।
बुधबार भएको को फाइनलमा घरेलु टोली नेपाललाई २-१ ले पराजित गर्दै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
नेपाल एक पटक फेरि घरेलु मैदानमा फाइनलमा चुक्दा साफ वुमन्स च्याम्पियनसिप जित्ने लक्ष्य अधुरै बनेको छ ।
यससँगै नेपाल साफको फाइनलमा छैटौं पटक पराजित भयो। नेपालले बंगलादेशसँग २०२२ को संस्करणको फाइनलमा पनि ३-१ गोलको पराजय भोगेको थियो। नेपाल साफको उपाधि भिडन्तमा बंगलादेशसँग दुई पटक र भारतसँग चार पटक पराजित भइसकेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशका लागि ८२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गरे । नेपालका लागि अमिशा कार्कीले ५६ औं मिनेटमा गोल फर्काइन् ।
बंगलादेशका दुई डिफेण्डरले सुरुवातदेखि नै नेपालकी मुख्य खेलाडी सावित्रा भण्डारीलाई मार्क गरेका थिए ।