प्रधानमन्त्री ओलीद्वारा नेपाली महिला फुटबल टोलीलाई धन्यवाद

प्रधानमन्त्री ओलीद्वारा नेपाली महिला फुटबल टोलीलाई धन्यवाद

काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन भन्दै प्रशंसा गरेका छन् ।

आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपालविरुद्ध २–१ गोलले जितेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट अब अर्को खेल जित्ने गरी मेहनत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिएका हुन् ।  

प्रधानमन्त्री ओलीले खेलमा विजयी खेलाडीलाई ट्रफी र पुरस्कार प्रदान गरेका थिए ।