डेढ वर्षपछि पोखरामा दोस्रो अन्तर्राष्ट्रिय उडान

डेढ वर्षपछि पोखरामा दोस्रो अन्तर्राष्ट्रिय उडान

काठमाडौं, २२ कात्तिक । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ ।

पोखरामा आयोजित इन्टरनेसनल माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा सहभागी हुन चीनको कुनमिङबाट आएका खेलाडीहरू बोकेर  सिचुवान एयरलाइन्सको विमान आज (बिहीबार) पोखरामा अवतरण गरेको हो ।

यसअघि ६ असार २०८० मा पहिलो पटक चार्टर्ड उडान भएकामा सिचुवान एयरलाइन्सले बिहीबार दोस्रो उडान गरेको हो । यसबीचमा अरु कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भरेका छैनन् । 

उक्त विमान १२० जना यात्रु सवार छन् ।  सिचुवानले एयरबस ३१९ विमानबाट पोखरामा उडान गरेको हो ।