सर्वोच्चको न्यायाधीशमा प्रस्तावित निरौला र पाण्डे संसदीय समितिबाट अनुमोदित

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित निरौला र पाण्डे संसदीय समितिबाट अनुमोदित

काठमाडौं, २३ कात्तिक । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

शक्रवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले निरौला र पाण्डेको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । 

समितिले अनुमोदन गरेसँगै उनीहरुलाई न्यायाधीश नियुक्ती गर्ने बाटो खुलेको छ । उनीहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।