लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडरमा राजेश हमाल, भने – एकदम खुशी छु

लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडरमा राजेश हमाल, भने – एकदम खुशी छु

काठमाडौं, २६ कात्तिक । नेपाली चलचित्रका अभिनेता राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त गरिएका छन् ।

सोमबार एक कार्यक्रमको आयोजना गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले हमाललाई ब्राण्ड एम्बारडरको रुपमा सार्वजनिक हो ।

नेपाली चलचित्रका महानायकको  छवि बनाएका राजेश हमालले क्रिकेटसँग आफ्नो निकटको सम्बन्ध रहेको र लुम्बिनीको ब्राण्ड एम्बासडर बन्दा खुशी लागेको प्रतिक्रिया दिएका छन् । 

सम्झौताको अवधि एक वर्षका लागि रहेको लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले जानकारी दिए । सम्झौताको रकम भने खुलाइएको छैन ।