कैलालीमा बोक्सीको आरोपमा महिलामाथि अमानवीय व्यवहार, आरोपित ३ जना पक्राउ
धनगढी, २७ कात्तिक । कैलालीमा एक महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराका अनुसार, पक्राउ पर्नेमा ५५ वर्षीय सुनिल मिस्त्री, ३७ वर्षीय लाली चौधरी र ३० वर्षीय एक महिला रहेका छन् ।
प्रहरीले पक्राउ परेकी महिलाको परिचय भने खुलाएको छैन । डीएसपी बोहराका अनुसार, टीकापुर नगरपालिका–९ कालाकुण्डामा १४ वर्षीया एक बालिकालाई बोक्सी लागेको भन्दै ५५ वर्षीया एक महिलामाथि अमानवीय व्यवहार गरिएको थियो ।
प्रहरीका अनुसार १४ वर्षीया ती बालिका बिरामी भएपछि झारफुकका लागि माता भनिने सुनिल मिस्त्रीको घरमा लगिएको थियो । सोही क्रममा ती बालिकालाई उनकै ठूलीआमाले बोक्सी लागेको आरोप लगाउँदै सुनिल मिस्त्रीले अमानवीय व्यवहार गरेका थिए ।
आफूमाथि बोक्सीको आरोपमा ती महिलाले झाक्रीसहितका तीन जनाले अमानवीय व्यवहार गरेको उजुरी दिएछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर इलाका प्रहरी कार्यालय टीकापुरले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।