मोबाइल अफ गरेर आफन्तको घरमा लुकेका थिए दीपक मनाङे

मोबाइल अफ गरेर आफन्तको घरमा लुकेका थिए दीपक मनाङे

काठमाडौँ, २७ कात्तिक । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङलेलाई पक्राउ गरी लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा लगिएको छ ।

सीआईबीका डीएसपी नेतृत्वको टिमले उनलाई काठमाडौंको सानोभर्‍याङ स्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेको हो ।

मनाङे कम्फर्ट हाउजिङमा रहेको आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । आफूले चलाउने मोबाइल काठमाडौँ उपत्यका बाहिर पठाएर काठमाडौँमा लुकेर बसेको सूचनाका आधारमा उनी पक्राउ परेका छन् ।

कार्तिक २० मा सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योग मुद्दामा उच्च अदालतले गरेको फैसला सदर गर्दै ५ वर्ष कैद सजायको फैसला सुनाएको थियो । फैसलापछि उनी सम्पर्क विहीन बनेका थिए ।

तरबार प्रहार गरी गुन्डा नाइके चक्रे मिलनको हात छिनाएको उक्त घटनामा उनी यसअघि २ वर्ष जेल बसिसकेका छन् ।  उनले अब बाँकी कैद भुक्तान गर्नुपर्ने छ ।